नेपाली   | English

हामी आयौ……………
वि.स २०७२ साल वैशाख १२ गते आएको भुकम्पका कारण नेपालमा झण्डै १० हजार मानिसले ज्यान गुमाउनु पर्यो । हजारौको सख्ंयामा मानिसहरु घरवार विहिन हुन पुगे । अर्वौको सम्पति नष्ट हुन पुग्यो । गोरखाको वारपाक केन्द्रविन्दु वनेर आएको भुकम्पको पराकम्पन अझै पनि आउनेक्रम जारी छ । १ वर्ष अघि गएको भुकम्पवाट क्षति पुगेका सरंचनाहरुको पुननिर्माण गर्ने महत्वपूर्ण अभिभारा अव हाम्रो काधँमा आइपुगेको छ । भुकम्पमा परेको शोकलाइ शक्तिमा वदल्दै, त्यसमा भएको क्षतिहरुलाइ एउटा अवसरको रुपमा लिदै देशलाइ पुननिर्माण गर्ने महाअभियानमा देश जुटेको छ । देशलाइ पुननिर्माण गर्ने महाअभियानको एउटा इट्टा हो www.econstruction.org र मोवाइल एप्स econstruction। www.econstruction.org र मोवाइल एप्स econstruction समय समयामा पर्ने विभिन्न विपद्मा कसरी वच्न सकिन्छ ? र हामीले चाहेको जस्तो निर्माण कार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर तयार पारिएको सामाग्रि हो । भुकम्प पछिको पुननिर्माणको चरणमा देश रहेको र त्यहि अभियानलाइ नै साथ दिनका लागि हामिले यो वेवसाइट र मोवाइल एप्स सुरु गरेका हौ । देशमा अहिले पनि करिव ……………..मानिशहरु पालमुनि जिवन विताउन वाध्य रहेका छन । यो वेवसाइट र मोवाइल एप्समा तपाइले वनाउने घरहरु कसरी भुकम्प प्रतिरोधि हुन सक्छन भन्ने कुराको जानकारीका साथै अपनाउनुपर्ने विधिहरुको वारेमा उल्लेख गरिएको छ । त्यसका साथै विपद् व्यवस्थापन , भुकम्प र पुननिर्माण सम्वन्धि पत्रपत्रिकामा प्रकाशित सामाग्रि एवम अन्य लेख रचनाहरु पनि तपाइले यहाँवाट पढन सक्नुहुन्छ । www.econstruction.org र मोवाइल एप्स econstruction को अर्को मुख्य विशेषता भनेको यसमा राखिएको क्यालकुलेटर हो । जसमा तपाइले आफ्नो वनाउन चाहेको घरको लम्वाइ र चौडाइ लेख्नुभएपछि, तपाइको घरमा चाइने इट्टा, वालुवा , सिमेन्ट र रडसमेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मुल्य (हालको वजारमुल्य अनुसार) समेत देखाइदिन्छ,जसले सर्वसाधारण मानिसहरु समेत ठगिनवाट वच्न सक्छन । त्यसकारण www.econstruction.org र मोवाइल एप्स econstruction घर वनाउन चाहाने सर्वसाधारण मानिस देखि इन्जिनियर, ठेकेदारका साथसाथै पुननिर्माण र विपद्व्यवस्थापनको वारेमा वुझ्न वा जान्न चाहाने सवै मानिसहरुको लागि उपयोगि हुनेछ भन्ने हाम्रो विश्वास छ । आमामी दिनमा तपाइको सल्लाह सुझाव अनुसार यसलाइ अझै परिष्कृत पार्दै लगिनेछ । अन्त्यमा, यो वेबसाइट र मोवाइल एप्स निर्माण गर्न सहयोग गर्ने अमेरिकि दुतावास, गैरसरकारी सस्था दायीत्व, सामाग्री निमार्णमा जुटनुहुने सम्पूर्ण साथिहरुलाइ धन्यवाद दिन चाहान्छौ । तपाइहरुको साथ र निरन्तर सहयोगको अपेक्षा गर्दछौ ।  

समाचार/लेख

No Results Found

The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.

Facebook Posts

Unable to display Facebook posts.
Show error

Error: Error validating application. Application has been deleted.
Type: OAuthException
Code: 190
Please refer to our Error Message Reference.